News Portal

दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई किशोर पक्राउमा

दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ।

संगीता गुरुङ
३७८ पटक

दैलेख, फाल्गुन ५ – दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ। चोरी गरेका सुनका गहना बिक्रीको विषयलाई लिएर भएको विवादले बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

प्रहरीका अनुसार माघ २५ गते दिउँसोदेखि बेपत्ता भएका बालकको शव घरनजिकैको खोला किनारमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो। बालकको खोजीमा परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँका १४ र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिइएको छ। उनीहरूले मृतक बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए। चोरीको गहना बिक्रीको क्रममा विवाद हुँदा बालकले घरमा सबै कुरा भनिदिने धम्की दिएपछि उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार हत्या गरिएका बालक र पक्राउ परेका किशोरहरू मिल्ने साथी थिए। बालकको हत्या गरी उनको घरनजिकैको बाँसघारी नजिकको खोला किनारमा खाल्डो खनी शव गाडिएको पाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...