News Portal

दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई किशोर पक्राउमा

दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ।

संगीता गुरुङ
२४२ पटक

दैलेख, फाल्गुन ५ – दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई किशोरलाई पक्राउ गरिएको छ। चोरी गरेका सुनका गहना बिक्रीको विषयलाई लिएर भएको विवादले बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

प्रहरीका अनुसार माघ २५ गते दिउँसोदेखि बेपत्ता भएका बालकको शव घरनजिकैको खोला किनारमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो। बालकको खोजीमा परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँका १४ र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिइएको छ। उनीहरूले मृतक बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए। चोरीको गहना बिक्रीको क्रममा विवाद हुँदा बालकले घरमा सबै कुरा भनिदिने धम्की दिएपछि उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार हत्या गरिएका बालक र पक्राउ परेका किशोरहरू मिल्ने साथी थिए। बालकको हत्या गरी उनको घरनजिकैको बाँसघारी नजिकको खोला किनारमा खाल्डो खनी शव गाडिएको पाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...