News Portal

बूढानीलकण्ठमा घर चोरी गरेको आरोपमा ६ जना पक्राउ

बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२९९ पटक

४ फागुन, काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ निवासी अशोक तामाङ (२६), सरोज तामाङ (२५), समीर तामाङ (२२), पाँचपोखरी–७ का निराजन आचार्य, नवज्योति गुरुङ र हिराबहादुर तामाङ रहेका छन्।

उनीहरूमाथि २० माघको राति करिब ११:४५ बजे पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप लागेको हो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट चोरीमा प्रयोग गरिएको ११ थान मोबाइल, रड र ५ थान टिभी बरामद गरेको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध चोरीको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...