News Portal

मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ।

संगीता गुरुङ
३१० पटक

चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको नेतृत्वमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६ सदस्यीय गोताखोर टोलीले त्रिशूली नदीमा बेपत्ता व्यक्तिको खोजी कार्य गरिरहेको छ।

बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिन तर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकलमा सवार व्यक्ति नदीमा खसेका थिए।

दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बसोबास गर्दै आएका २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र फेला परेको छ। उनी भारतीय सेना (इन्डियन आर्मी) मा कार्यरत रहेको खुलेको छ।

दुर्घटनापछि मोटरसाइकलमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...