News Portal

बबरमहलमा फुटेको पाइप मर्मत हुँदै

बबरमहल क्षेत्रमा फुटेको खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत कार्य सुरु गरिएको छ।

संगीता गुरुङ
२५८ पटक

काठमाडौं, फागुन १ – बबरमहल क्षेत्रमा फुटेको खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत कार्य सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत तारहरू भूमिगत गर्न ‘होरिजेन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार, पानी चुहिएर विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन गएरातिदेखि मर्मत कार्य सुरु गरिएको र मर्मत कार्य पूरा भएपछि पानी वितरण पुनः सुरु गरिने पौडेलले जानकारी दिए।

विद्युत तारहरू भूमिगत गर्दा अत्याधुनिक प्रविधि प्रयोग गरिए पनि पाइप फुट्ने घटना भएपछि सम्बन्धित निकायले कारण पत्ता लगाई भविष्यमा यस्ता समस्याबाट जोगिने उपायहरू अपनाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...