News Portal

बबरमहलमा फुटेको पाइप मर्मत हुँदै

बबरमहल क्षेत्रमा फुटेको खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत कार्य सुरु गरिएको छ।

संगीता गुरुङ
१८८ पटक

काठमाडौं, फागुन १ – बबरमहल क्षेत्रमा फुटेको खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत कार्य सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत तारहरू भूमिगत गर्न ‘होरिजेन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार, पानी चुहिएर विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन गएरातिदेखि मर्मत कार्य सुरु गरिएको र मर्मत कार्य पूरा भएपछि पानी वितरण पुनः सुरु गरिने पौडेलले जानकारी दिए।

विद्युत तारहरू भूमिगत गर्दा अत्याधुनिक प्रविधि प्रयोग गरिए पनि पाइप फुट्ने घटना भएपछि सम्बन्धित निकायले कारण पत्ता लगाई भविष्यमा यस्ता समस्याबाट जोगिने उपायहरू अपनाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...