News Portal

रास्वपाद्वारा सातै प्रदेशमा सर्वाङ्गीण संवाद अभियान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ अभियान सुरु गर्ने भएको छ। पार्टीले

संगीता गुरुङ
२७८ पटक

काठमाडौं, फागुन १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ अभियान सुरु गर्ने भएको छ। पार्टीले केन्द्रीय नेताहरूलाई प्रदेशहरुमा खटाएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद गर्ने योजना बनाएको छ।

रास्वपाले समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ लगायतसँग छलफल गर्ने जनाएको छ। गण्डकी प्रदेशको जिम्मेवारी पाएका नेता शिशिर खनालका अनुसार, संवादको क्रममा जनताको वर्तमान राजनीतिक बुझाइको अभिव्यक्ति सुन्नुका साथै सरकारले लिएको राजनीतिक प्रतिशोधको विषयमा पनि जानकारी गराइनेछ।

‘संवादको माध्यमबाट संगठन निर्माण र जनतासँगको सम्बन्ध विस्तार गरिनेछ,’ खनालले बताए।

संवाद अभियानको लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, र कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ।

रास्वपाले संवादबाट प्राप्त सल्लाह र सुझावहरूलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने जनाएको छ। संवादपश्चात नेताहरूले प्रदेशगत प्रतिवेदन केन्द्रमा बुझाउनेछन्।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, संवाद कार्यक्रम आवश्यकता अनुसार चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...