News Portal

रास्वपाद्वारा सातै प्रदेशमा सर्वाङ्गीण संवाद अभियान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ अभियान सुरु गर्ने भएको छ। पार्टीले

संगीता गुरुङ
२०१ पटक

काठमाडौं, फागुन १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ अभियान सुरु गर्ने भएको छ। पार्टीले केन्द्रीय नेताहरूलाई प्रदेशहरुमा खटाएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद गर्ने योजना बनाएको छ।

रास्वपाले समाजका अगुवा, व्यवसायी, अभियन्ता, लेखक, विज्ञ लगायतसँग छलफल गर्ने जनाएको छ। गण्डकी प्रदेशको जिम्मेवारी पाएका नेता शिशिर खनालका अनुसार, संवादको क्रममा जनताको वर्तमान राजनीतिक बुझाइको अभिव्यक्ति सुन्नुका साथै सरकारले लिएको राजनीतिक प्रतिशोधको विषयमा पनि जानकारी गराइनेछ।

‘संवादको माध्यमबाट संगठन निर्माण र जनतासँगको सम्बन्ध विस्तार गरिनेछ,’ खनालले बताए।

संवाद अभियानको लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, विराजभक्त श्रेष्ठ र मनिष झा, र कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ।

रास्वपाले संवादबाट प्राप्त सल्लाह र सुझावहरूलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने जनाएको छ। संवादपश्चात नेताहरूले प्रदेशगत प्रतिवेदन केन्द्रमा बुझाउनेछन्।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, संवाद कार्यक्रम आवश्यकता अनुसार चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...