News Portal

पिकनिकबाट फर्कंदै गर्दा बस दुर्घटना : सत्य साई एकेडेमी शोकमा

चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरू लिएर पिकनिकबाट फर्किंदै गरेको बस हिजो काठमाडौंको शंखरापुर नगरपालिका–५ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

संगीता गुरुङ
४५७ पटक

फाल्गुन १, काठमाडौं – चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरू लिएर पिकनिकबाट फर्किंदै गरेको बस हिजो काठमाडौंको शंखरापुर नगरपालिका–५ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

विद्यालयले विद्यार्थीहरूलाई वनभोजको लागि कात्तिकेमा लगेको थियो। रमाइलो यात्रा सकेर फर्कने क्रममा बीच बाटोमा बस दुर्घटनामा परेको हो। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सत्य साई एकेडेमीको वातावरण शोकमय बनेको छ। विद्यालयका प्रिन्सिपल मरिचमान लिम्बु भावविह्वल हुँदै भने, ‘नसोचेको घटना भयो, म केही बोल्न सक्ने अवस्थामा छैन।’ अभिभावकहरूले विद्यालयमा सम्पर्क गर्दै आफ्ना बालबालिकाको अवस्थाबारे जानकारी लिइरहेका छन्।

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले पिकनिक सकेर फर्किंदै गरेको बस दुर्घटनामा परेको पुष्टि गरे। दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन नसकेको भए पनि घटनास्थलको साँघुरो बाटोले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का २४ वर्षीय सुरेश तामाङ, र सिन्धुपाल्चोककै १४ वर्षीया शुशांका डोटेल रहेका छन्।

क्रिशल पुरीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेश तामाङको नेपाल मेडिकल कलेजमा, र शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...