News Portal

मेलम्चीको पाइप फुटेपछि बबरमहल डुबान, खानेपानीमन्त्री स्थल निरीक्षणमा

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप एक्कासी फुटेपछि उक्त क्षेत्र जलमग्न भएको छ भने निरीक्षण गर्न खानेपानीमन्त्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेड का सीईओ पुगेका छन्।

संगीता गुरुङ
२२७ पटक

३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप एक्कासी फुटेपछि उक्त क्षेत्र जलमग्न भएको छ। घटना स्थलमा निरीक्षण गर्न खानेपानीमन्त्री प्रदीप यादव काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेलसहित पुगेका छन्।

पाइप फुट्नाका कारणबारे जानकारी लिन मन्त्री यादवले घटनास्थलको अवलोकन गरेका छन्। पाइप फुटेर नजिकैका सरकारी कार्यालय तथा बस्तीहरू डुबानमा परेका छन् भने थापाथलीस्थित प्रसूति गृहमा समेत असर पर्ने देखिएको छ।

स्थिति नियन्त्रणमा लिन काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धार कार्यमा सक्रिय छन्। सुरक्षा व्यवस्थाका लागि थप प्रहरी परिचालन गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...