News Portal

  • ठमेलमा प्रहरी कुटपिट : अनेरास्ववियुमाथि बदनाम गर्ने प्रयास भएको आरोप

    ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको बदनाम गर्ने षड्यन्त्र गरिएको दाबी गरेको छ।

    संगीता गुरुङ
    २२३ पटक

    काठमाडौं, ३० माघ – ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको बदनाम गर्ने षड्यन्त्र गरिएको दाबी गरेको छ।

    अनेरास्ववियुका अध्यक्ष समिक बडालद्वारा जारी विज्ञप्तिमा संगठन सधैं कानुनी राज्यको पक्षमा रहेको उल्लेख गर्दै घटनामा संलग्न जोकोहीमाथि कानुनी कारबाही हुनुपर्ने स्पष्ट पारिएको छ। यद्यपि, घटनालाई अतिरञ्जित गरी सामाजिक सञ्जाल र प्रायोजित समाचारमार्फत अनेरास्ववियुको छवि धमिल्याउने प्रयास भइरहेकोमा घोर आपत्ति जनाइएको छ।

    संगठनले निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

    माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीममाथि आक्रमण हुँदा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए। आक्रमणपछि प्रहरीको मोटरसाइकल लडाउनुका साथै लौरो समेत फालिएको थियो।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई पक्राउ गरेको छ। दुवै जना अमृत साइन्स क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियुसँग आबद्ध रहेको पुष्टि भएको छ।

    पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। यद्यपि, अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएकोमा चौतर्फी आलोचना भइरहेको छ।

    अनेरास्ववियुले घटनालाई राजनीतिक रंग दिने र संगठनको प्रतिष्ठामा आघात पुर्‍याउने प्रयास भएको आरोप लगाउँदै यस्ता गलत प्रचारबाजीको विरोध गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...