News Portal

रुकुम पूर्वमा हजुरआमा र नातिको हत्या गर्ने आरोपी मृत फेला

रुकुम पूर्व, भूमे गाउँपालिका–४ मा हजुरआमा र नातिको हत्या गरी फरार भएका भनिएका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
३१८ पटक

रुकुम पूर्व, माघ ३० – भूमे गाउँपालिका–४ मा हजुरआमा र नातिको हत्या गरी फरार भएका भनिएका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

साकिम गाउँकी ६० वर्षीया ढाटी बुढा र उनका आठ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेका अन्दाजी ५१ वर्षीय चन्द्रसिंह पुन खुलखुले खोलामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलका अनुसार, हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिमाथि खुकुरी आक्रमण गरेका थिए। घटनापछि फरार रहेका पुनलाई खोजी गर्ने क्रममा घटनास्थलबाट करिब आधा घण्टा टाढा खुलखुले खोलामा मृत अवस्थामा फेला पारिएको हो। मृतक पुनको टाउकोमा गहिरो चोट देखिएको डीएसपी खरेलले जानकारी दिए।

स्थानीय वडाअध्यक्ष श्यामप्रसाद बुढाका अनुसार, घटनाले गाउँ शोकमग्न बनेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...