News Portal

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२५६ पटक

माघ २९, काठमाडौं – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्णबहादुर जेठारा र राजकुमार लामा नामका दुई व्यक्ति काठमाडौं उपत्यकामा पक्राउ परेका हुन्।

डोटीको बडीकेदार गाउँपालिका–३ का २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३७ वर्षीय राजकुमार लामा पक्राउ परेका छन्। उनीहरूले पीडितहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठूलो रकम असुली गरेका थिए।

पूर्णबहादुरले ३ जना व्यक्तिबाट ९ लाख रुपैयाँ र राजकुमारले १ जना व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ असुलेर फरार भएका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरेर आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौं महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–२ बाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको जानकारी छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...