News Portal

साउदी युवराज बिन सलमानलाई राजा बन्न नदिने षडयन्त्र

हिमाली संचार संवाददाता
५७९ पटक

साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् ।

परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी राजकुमारहरु शक्तिशाली उत्तराधिकारी देख्न चाहन्छन् ।

यद्यपि स्रोतकाअनुसार साउदी राजा सलमान भएसम्म यस्तो हुन नसक्ने देखिएको छ । राजा सलमानको मृत्युपछि उनका भाइ ७६ वर्षीय अब्दुल्लाह बिन अब्लुलजीज राजा बन्न सक्नेछन् । करिब डेढ महिना विदेशमा रहेका उनी अक्टोबरमा साउदी फर्किएका छन् । उनले विदेश भ्रमणको क्रममा साउदी सरकारको आलोचना गरेका थिए ।

यस विषयमा अदमद या उनको कुनै पनि नजिकको सम्बन्ध रहेका मानिसहरुले भने केही बताएका छैनन् । साथै अधिकारीहरुले पनि यसबारे टीप्पणी गरेका छैनन् । साउदी स्रोतका अनुसार अमेरिकी वरिष्ठ अधिकारीले अहमद राजा बनेको खण्डमा आफ्नो समर्थन रहने बताएका थिए ।

अहमद ४० वर्षदेखि आन्तरिक उपमन्त्री रहँदै आएका छन् । युवराजको सूचीमा उनको नाम पनि अगाडि थियो । अमेरिकी स्रोतका अनुसार खाशोग्गी हत्यामा युवराजको हात रहेको र अमेरिकी सांसदहरुले पनि दबाब दिइरहेको भए पनि अमेरिका युवराजसँग दूरी बढाउने पक्षमा भने छैन । एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...