News Portal

शंखरापुरको जंगलमा मृत चितुवा फेला

शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।

संगीता गुरुङ
२०९ पटक

माघ काठमाडौं – शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार चितुवा लामो समयदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ, किनभने यसको शरीर सडेगलेको अवस्थामा फेला परेको थियो।

चितुवाको मृत्युको कारण खुल्न सकेको छैन। हाल इलाका वन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...