News Portal

ललितपुरमा गाडीको ठक्करबाट एक किशोरको मृत्यु

ललितपुरको चापागाउँ दोबाटोमा गाडीको ठक्करले एक किशोरको ज्यान गएको छ।

संगीता गुरुङ
२७४ पटक

काठमाडौं, माघ २७ – ललितपुरको चापागाउँ दोबाटोमा गाडीको ठक्करले एक किशोरको ज्यान गएको छ।

ललितपुर महानगरपालिका-१५ स्थित बागमती प्रदेश ३-०१-०२-०२४ च ९१५५ नम्बरको गाडीले पैदलयात्री १४ वर्षीय साहन मोक्तानलाई ठक्कर दिएको थियो। मकवानपुरको स्थायी घर भएका साहन मोक्तान चापागाउँमा बस्दै आएका थिए।

घटनामा गम्भीर घाइते मोक्तानलाई तत्काल उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल ल्याइएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

घटनामा संलग्न गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...