News Portal

  • सरकारी कागज किर्ते मुद्दामा महिला पक्राउ, एक फरार

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीको फरार सूचीमा रहेकी एक महिलालाई पक्राउ गरेको छ।

    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ की सावित्री डाँगीलाई माघ २० गते सुर्खेतको बिरेन्द्रनगरस्थित तल्लोबजारबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको हो। उनका श्रीमान् भनिने प्रेम वली भने अझै फरार रहेका छन्। उनीहरूले सरकारी कागजात किर्ते गरेको भनी लिला थापाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

    वली जाहेरीकर्ता थापाका पूर्वपति समेत हुन। प्रेम र लीलाको २०६८ असार २२ गते विवाह भएको थियो। २०६९ पौष २० मा प्रेम र लिलाका एक छोरा जन्मिएका थिए भने साँढे ९ वर्ष पछि २०७७ असोज ५ गते उनीहरूले जिल्ला अदालत बाँकेबाट सम्बन्ध विच्छेद गरेका हुन। त्यसपछि २०७८ सालमा प्रेमले विवाह गरी ल्याएकाे भनिएकी सावित्री डाँगी वलीले सल्यान कालिमाटी वडा नम्बर ३ का आफ्नो पूर्वपति भन्निने बुद्धिमान बुढाथोकीबाट जन्मिएका सन्तान प्रशान्त बुढाथोकीलाई प्रेम वलीबाट जन्मिएका छोरा प्रशान्त वली बनाई पूर्वपत्नी लिलाबाटका छोरा प्रशान्तको कुनै जिम्मेवारी नलिएकोले झुट्टा विवरण पेश गरी सरकारी कागजात किर्ते आरोपमा उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको र हाल सावित्री डाँगी वलीलाई पक्राउ गरेको छ भने श्रीमान् प्रेम वली भने अझैसम्म पक्राउ परेका छैनन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...