News Portal

सरकारी कागज किर्ते मुद्दामा महिला पक्राउ, एक फरार

हिमालीसंचार संवाददाता
३६४ पटक

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीको फरार सूचीमा रहेकी एक महिलालाई पक्राउ गरेको छ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ की सावित्री डाँगीलाई माघ २० गते सुर्खेतको बिरेन्द्रनगरस्थित तल्लोबजारबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको हो। उनका श्रीमान् भनिने प्रेम वली भने अझै फरार रहेका छन्। उनीहरूले सरकारी कागजात किर्ते गरेको भनी लिला थापाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

वली जाहेरीकर्ता थापाका पूर्वपति समेत हुन। प्रेम र लीलाको २०६८ असार २२ गते विवाह भएको थियो। २०६९ पौष २० मा प्रेम र लिलाका एक छोरा जन्मिएका थिए भने साँढे ९ वर्ष पछि २०७७ असोज ५ गते उनीहरूले जिल्ला अदालत बाँकेबाट सम्बन्ध विच्छेद गरेका हुन। त्यसपछि २०७८ सालमा प्रेमले विवाह गरी ल्याएकाे भनिएकी सावित्री डाँगी वलीले सल्यान कालिमाटी वडा नम्बर ३ का आफ्नो पूर्वपति भन्निने बुद्धिमान बुढाथोकीबाट जन्मिएका सन्तान प्रशान्त बुढाथोकीलाई प्रेम वलीबाट जन्मिएका छोरा प्रशान्त वली बनाई पूर्वपत्नी लिलाबाटका छोरा प्रशान्तको कुनै जिम्मेवारी नलिएकोले झुट्टा विवरण पेश गरी सरकारी कागजात किर्ते आरोपमा उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको र हाल सावित्री डाँगी वलीलाई पक्राउ गरेको छ भने श्रीमान् प्रेम वली भने अझैसम्म पक्राउ परेका छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...