आज : २०२६-०६-०८, सोमबार

=== गजल ===

आर सि संकल्प

भनिदेउ के के चिजमा हद चाहिन्छ ?
तिमी सङ्ग दाँजिन कत्रो कद चाहिन्छ?

म आफैलाई बिर्सन्छु सम्झेर कसैलाई।
मलाई सम्झन उस्लाई फुर्सद चाहिन्छ।

जिन्दगी छ खुद एक उधारो दोकान झैँ ।
किन्नुपर्छ आफैलाई तर नगद चाहिन्छ।।

हैसियत र औकात किन खोज्दैन मान्छे?
यहाँ कुर्सीलाई त कुर्सीको पद चाहिन्छ।

हजारौंको रगतले नि उस्तै छ देश अझै।
बद्लिन यो कति को “बध” चाहिन्छ ??