News Portal

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।

संगीता गुरुङ
२०७ पटक

माघ २५, बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका-७ की ५१ वर्षीया जुनाकुमारी लामिछाने शुक्रबार बिहान बाख्रा चराउन गएका बेला चितुवाको आक्रमणमा परेकी थिइन्।

प्रहरीका अनुसार, बिहान करिब ११ बजे नेपाल-भारत सीमाक्षेत्रमा बाख्रा चराइरहेकी लामिछानेमाथि चितुवाले एक्कासि आक्रमण गरेको थियो। उनको चितुवासँग जुध्ने क्रममा गम्भीर चोट लागेको थियो।

आक्रमण देखेपछि स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागे पनि लामिछाने गम्भीर अवस्थामा थिइन्। उनलाई तत्कालै जिल्ला अस्पताल गुलरिया लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीलाई दिउँसो १:३० बजेतिर मात्रै जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।

स्थानीय प्रशासनले घटनाको अनुसन्धान अघि बढाइसकेको छ भने वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपाय अपनाइने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...