News Portal

ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट, अनुसन्धान जारी

काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्।

संगीता गुरुङ
४०५ पटक

काठमाडौं, माघ २५ – काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्।

प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटाइएको थियो। उनीहरू राउण्ड अपको लागि काठमाडौं महानगर-२७, ज्याठास्थित छायाँ सेन्टर अगाडि पुगेका थिए।

त्यतिबेला ६/७ जनाको समूह सडकमा आपत्तिजनक शब्दहरू बोल्दै हिँडिरहेको थियो, जसलाई प्रहरीले सम्झाउन प्रयास गरेपछि उक्त समूहले उनीहरूमाथि कुटपिट गरेको एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा कुटपिट गर्ने समूहका सदस्यहरू अस्कल क्याम्पसका विद्यार्थीहरू भएको खुलासा भएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी सिसिटिभी फुटेजको माध्यमबाट भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ भने जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। दुवैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...