News Portal

मध्य प्रदेशमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटहरू सुरक्षित

भारतको मध्य प्रदेशस्थित शिवपुरी जिल्लाको नरवर क्षेत्रमा आज भारतीय वायुसेनाको मिराज २००० लडाकु विमान दुर्घटनाग्रस्त भएको छ भने विमानमा रहेका दुवै पाइलट सकुशल रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।

संगीता गुरुङ
२६८ पटक

माघ २४, नयाँदिल्ली – भारतको मध्य प्रदेशस्थित शिवपुरी जिल्लाको नरवर क्षेत्रमा आज भारतीय वायुसेनाको मिराज २००० लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। नियमित प्रशिक्षण उडानका क्रममा विमान अचानक समस्या आएपछि पाइलटहरूले खुला स्थानमा आपतकालीन अवतरण गर्न प्रयास गरेका थिए।

विमानमा रहेका दुवै पाइलट सकुशल रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको बताइएको छ।

भारतीय रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...