News Portal

बुटवलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको निधन

बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

संगीता गुरुङ
३५१ पटक

२४ माघ, बुटवल – बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।

घटनामा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४६ वर्षीय उमेश भण्डारी गम्भीर घाइते भए र उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

घटनापछि, प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ, र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...