आज : २०२६-०७-२९, बुधबार

नेपालमा सुनको मूल्यमा वृद्धि, नयाँ दर सार्वजनिक

काठमाडौं, २४ माघ – नेपाली सुन बजारमा पछिल्लो समय लगातार मूल्य वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।

नयाँ मूल्य अनुसार, बिहीबार छापावाल सुन तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यसँगै चाँदी पनि केही महँगिएको छ। बुधबार तोलाको १ हजार ९७५ रुपैयाँ रहेको चाँदी बिहीबार ५ रुपैयाँ बढ्दै १ हजार ९८० रुपैयाँ कायम भएको छ।