News Portal

कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट, १४ जना घाइते

कमलपोखरीस्थित एक मःम पसलमा बिहान ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जनालाई गम्भीर जलेका कारण कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ।

संगीता गुरुङ
२०३ पटक

माघ २४, काठमाडौं – कमलपोखरीस्थित एक मःम पसलमा बिहान ग्याँस सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। घाइतेहरूमध्ये ११ जनालाई गम्भीर जलेका कारण कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी स्रोतका अनुसार घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर छ भने बाँकी १० जनाको अवस्था सामान्य रहेको छ। थप तीन जना सामान्य चोट लागेकाले अस्पताल लैजानु नपरेको जनाइएको छ।

आज बिहान करिब ८:४५ बजे पसलको भान्सामा ग्याँस सिलिन्डर विस्फोट भएको थियो। विस्फोटको असरले पसल भएको घरको भुइँतलाको सिलिङ भत्किएको छ भने माथिल्लो तलाका झ्यालका सिसा समेत फुटेका छन्।

स्थानीय बासिन्दाका अनुसार विस्फोटपछि ठूलो आवाज आएको थियो, जसका कारण तत्काल प्रहरी र उद्धार टोली घटनास्थल पुगेका थिए। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि हिमाल अस्पताल लगिएको थियो, तर थप उपचार आवश्यक परेपछि कीर्तिपुर बर्न अस्पताल स्थानान्तरण गरिएको हो।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...