News Portal

कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट, १४ जना घाइते

कमलपोखरीस्थित एक मःम पसलमा बिहान ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जनालाई गम्भीर जलेका कारण कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ।

संगीता गुरुङ
१८० पटक

माघ २४, काठमाडौं – कमलपोखरीस्थित एक मःम पसलमा बिहान ग्याँस सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। घाइतेहरूमध्ये ११ जनालाई गम्भीर जलेका कारण कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी स्रोतका अनुसार घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर छ भने बाँकी १० जनाको अवस्था सामान्य रहेको छ। थप तीन जना सामान्य चोट लागेकाले अस्पताल लैजानु नपरेको जनाइएको छ।

आज बिहान करिब ८:४५ बजे पसलको भान्सामा ग्याँस सिलिन्डर विस्फोट भएको थियो। विस्फोटको असरले पसल भएको घरको भुइँतलाको सिलिङ भत्किएको छ भने माथिल्लो तलाका झ्यालका सिसा समेत फुटेका छन्।

स्थानीय बासिन्दाका अनुसार विस्फोटपछि ठूलो आवाज आएको थियो, जसका कारण तत्काल प्रहरी र उद्धार टोली घटनास्थल पुगेका थिए। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि हिमाल अस्पताल लगिएको थियो, तर थप उपचार आवश्यक परेपछि कीर्तिपुर बर्न अस्पताल स्थानान्तरण गरिएको हो।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...