News Portal

नुवाकोटमा बस दुर्घटना, मोटरसाइकल जोगाउँदा चालकको मृत्यु

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

संगीता गुरुङ
२७८ पटक

माघ २३, नुवाकोट – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज बिहान एक यात्रुवाहक बस दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार, विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए।

प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन्। बस चालक मोटरसाइकल जोगाउनको प्रयास गर्दा बस भित्तामा ठोक्किएर ढुंगामा पल्टिएको हो।

दुर्घटनामा करीब १६ देखि १७ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना लगभग २ बजेको समयमा भएको हो र थप जानकारी र अनुसन्धान भने जारी छ।

प्रतिकृया दिनुहोस्

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...