News Portal

अष्ट्रेलियाले चिनियाँ एआई कम्पनी डीपसिकमाथि प्रतिबन्ध, चीनको आपत्ति

अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाए पछि चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्।

संगीता गुरुङ
२५९ पटक

माघ २३, बेइजिङ – अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कदमप्रति चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई वैचारिक रूपमा प्रेरित निर्णय भन्दै आलोचना गरेका छन्।

अष्ट्रेलियाली सञ्चारमाध्यम एबीसीका अनुसार, अष्ट्रेलियाली संघीय सरकारले डीपसिकलाई कम्प्युटर र मोबाइल उपकरणहरूमा प्रयोग गर्न अस्वीकार्य ठहर गर्दै प्रतिबन्ध लगाएको हो। सरकारले यसलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’को रूपमा चित्रण गरेको छ। यसअघि इटालीले पनि डीपसिकमाथि प्रतिबन्ध लगाएको थियो।

नयाँ प्रतिबन्ध अनुसार, अष्ट्रेलिया पोस्ट र एबीसी जस्ता केही संस्थाहरू बाहेकका सबै सरकारी निकायहरूलाई डीपसिक–सम्बद्ध उत्पादनहरू तुरुन्तै हटाउन निर्देशन दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार, यो निर्णय चीनमा बनेको प्रविधि भएका कारण नभई ‘सरकारी प्रणाली र सम्पत्तिको सुरक्षा’लाई ध्यानमा राखेर गरिएको हो। यसअघि नासा, पेन्टागन लगायत अमेरिकी संघीय एजेन्सीहरूले समेत डीपसिकमाथि प्रतिबन्ध लगाएका थिए।

चिनियाँ एआई विज्ञहरूले अष्ट्रेलियाको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बेइजिङ युनिभर्सिटी अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनका एआई विज्ञ लिउ वेईले अष्ट्रेलियाको कदम प्राविधिक चिन्ताभन्दा पनि विचारधारात्मक भेदभावबाट प्रेरित भएको आरोप लगाए।

उनको भनाइमा, यदि अष्ट्रेलियाले साँच्चै राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेको भए ओपनएआई लगायतका अमेरिकी कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाउनु पर्थ्यो। तर, अष्ट्रेलियाली सरकारले अमेरिकी कम्पनीहरू विरुद्ध कुनै कदम नचालेको भन्दै उनले आलोचना गरेका छन्।

विशेषज्ञहरूका अनुसार, अमेरिकी संघीय एजेन्सीहरूले चिनियाँ प्रविधिलाई नियन्त्रण गर्न चालेका कदमपछि अष्ट्रेलिया पनि दबाबमा परेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...