News Portal

नेपाल टेलिकमले १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने तयारी

नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ।

संगीता गुरुङ
७१५ पटक

माघ २२, काठमाडौँ – नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ। टेलिकमको २१औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता अर्यालले हालको अवस्था र भावी योजनाबारे जानकारी दिँदै उक्त निर्णय सार्वजनिक गरेकी हुन्।

उनका अनुसार, देशभर फोरजी सेवा विस्तार गर्न तीन सय ३३ स्थानमा पूर्वाधार तयार भइसकेको छ, भने थप १२ सय स्थानका लागि बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको छ। हाल मोबाइल डेटा सेवामा ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी प्रयोगकर्ताको रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

यसैबीच, टेलिकमका फोरजी भोल्टी सेवा प्रयोगकर्ता ५८ लाख नाघिसकेका छन्। भोल्टी सेवा समर्थन गर्ने ह्यान्डसेटहरू बढ्दै गएकाले प्रयोगकर्ताको संख्या अझै बढ्ने टेलिकमको अपेक्षा रहेको छ।

यसै क्रममा, फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै माध्यमबाट प्रदान गर्ने ‘फाइबर टु द होम’ (FTTH) सेवा देशभरका ७७ जिल्लामा विस्तार भइसकेको जानकारी टेलिकमले दिएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...