News Portal

मानव कङ्‍काल ओसारपसारमा पुनः पक्राउ विनोद राय

विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्‍काल ओसारपसारमा पुनः विनोद राय पक्राउ परेका छन्।

संगीता गुरुङ
३२१ पटक

माघ २१, विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद राय हुन्। उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद गरिएको छ। विनोद राय यसअघि पनि मानव कङ्‍काल ओसारपसारको आरोपमा पक्राउ परिसकेका थिए। २०७८ साल असोज २० गते उनलाई २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डीसहित नियन्त्रणमा लिइएको थियो। त्यसबेला उनलाई अभद्र व्यवहारको मुद्दा चलाइ १७ दिन हिरासतमा राखिएको थियो, जसपछि उनी ५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। तर तीन वर्षपछि फेरि आइतबार उनलाई मानव कङ्‍काल सहित पक्राउ गरिएको छ।

राय भारतबाट रिक्शामा विराटनगर प्रवेश गर्ने क्रममा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा चेकजाँच गर्दा पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनको झोलाबाट मानव कङ्‍काल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। तर अहिले पनि मानव कङ्‍काल ओसारपसार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नभएका कारण विनोद रायलाई कुन मुद्दा लगाउने भन्ने विषयमा अन्योल देखिएको छ। यसअघि उनलाई अभद्र व्यवहारको मुद्दा लगाइएको थियो, तर यसपटक के गर्ने भन्ने विषयमा प्रहरी परामर्श गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले बरामद गरिएका मानव कङ्‍काल तान्त्रिक विधिमा प्रयोग हुने बताएका छन्। उनका अनुसार यी कङ्‍काल धामीझाँक्री तथा लामाहरूलाई बिक्री गर्ने उद्देश्यले ल्याइएको थियो। प्रहरी स्रोतका अनुसार यस्ता मानव कङ्‍काल चीनतर्फ पनि निकासी हुने आशंका छ, तर हालसम्म यसबारे ठोस प्रमाण भेटिएको छैन। पक्राउ परेका रायले आफूलाई भारतको जोगबनीबाट विराटनगर बजारसम्म कङ्‍काल पुर्‍याउने जिम्मेवारी मात्र रहेको बयान दिएका छन्।

यस घटनाबारे विस्तृत अनुसन्धान इलाका प्रहरी कार्यालय रानीले गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...