News Portal

रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन हुने

मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ।

रबिन्द्र बराल
२२५ पटक

माघ २१, मोरङ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था, एचपीभी खोप, र अभियानको बारेमा नगरभरिका सामुदायिक तथा निजी विद्यालयका प्राध्यापकहरू र सबै वडाका वडाध्यक्षहरूलाई जानकारी गराएका थिए। तोकिएको समय अवधिमा खोप लगाउन छुटेकाहरूलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध गराउने योजना रहेको उनले बताए।

कक्षा ६ देखि १० सम्मका किशोरीहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने मण्डलले जानकारी दिए। नगरभित्र सामुदायिक तथा संस्थागत विद्यालयका २,७२६ विद्यार्थीहरू रहेका छन् भने विद्यालयबाहिरका ५ प्रतिशत किशोरीहरू रहेका छन्।

माघ २७ गतेदेखि फागुन २ गतेसम्म खोप लगाइनेछ। नगरभित्र ४४ वटा खोप केन्द्र रहेको र सम्पूर्ण विद्यालयहरूमा खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाका वडाध्यक्ष रामचन्द्र मण्डलका अनुसार महिलाहरूको ठूला समस्यामध्ये एक रहेको पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ।

उक्त कार्यक्रममा प्रकाश अधिकारी, महेश खनाल, स्वास्थ्य प्रमुख भुपेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...