News Portal

  • प्युठानमा प्रेम सम्बन्धका कारण हत्या, ज्वाँइ-सासु पक्राउ

    गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

    संगीता गुरुङ
    २०० पटक

    माघ २०, प्युठान – गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने रहेका छन्, जो नाताले ज्वाँइ सासु हुन्।

    माघ १८ गते बिहान ९ बजे खुङ्ग-नारिकोट जोड्ने कच्ची सडकमा ६८ वर्षीय चिन्तामणि उपाध्यायको शव फेला परेको थियो। टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट देखिएको शवको अनुसन्धान गर्दा हत्या माघ १७ गते राति नै भएको खुलेको छ।

    प्रहरीका अनुसार घटनाको मूल कारण त्रिकोणात्मक अवैध प्रेम सम्बन्ध हो। जेदुका श्रीमान् भारतमा रहेकाले उनी चिन्तामणिसँग नजिकिएकी थिइन्। तर, पछि जेदुको सम्बन्ध आफ्नै ज्वाँइ लोकबहादुरसँग समेत गाँसिएको थियो। चिन्तामणिले एक वर्षअघि जेदु र लोकबहादुरलाई रंगेहात समातेर गाउँभरि बेइज्जत गरिदिएका थिए। त्यसपछि उनीहरूले बदला लिन योजना बनाएका थिए।

    माघ १७ गते बेलुकी जेदुले चिन्तामणिलाई फुर्सेधारामा बोलाइन्। तर, त्यहाँ लोकबहादुर पनि उपस्थित थिए। विवाद बढ्‌दै जाँदा लोकबहादुरले भरुवा बन्दुकको कुन्दाले चिन्तामणिको मुखमा प्रहार गरे। ढलेपछि ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी जेदुले पनि साथ दिइन्। हत्या निश्चित भएपछि चिन्तामणिको गोजीबाट जेदुले सात हजार रुपैयाँ निकालिन् भने लोकबहादुरले मोबाइल लिएर भागे।

    घटनाको अनुसन्धान गर्दै जाँदा जेदुको चप्पलका डोब घटनास्थलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। लोकबहादुर दिनभर जंगलमा लुकेर बसेको सूचना पाएपछि ट्र्याकिङ गरी शनिबार राति पक्राउ गरिएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

    हत्या स्वीकार गरिसकेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...