News Portal

मन्त्रीको चाकडी र घुस दिन नसक्ने भन्दै वीरका चिकित्सकले दिए राजीनामा 

हिमाली संचार संवाददाता
६८२ पटक

काठमाडौं : वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुव अधिकारीले चाकडी र घुस दिन नसक्ने भन्दै राजीनामा दिएका छन् । घुस दिन नसक्दा एक वर्षदेखि तलब नपाएको जनाउँदै उनले आफ्नो राजीनामा सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बुझाएका हुन् ।

“विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको छु,” उनले भन्ने “आफु नौ तहमा बढुवा भएको तर सो सरहको तलब एक वर्षसम्म पाईन । बढेको तलब र बढुवाको माग अस्पताल र मन्त्रालयमा गर्दा कुनै चासो देखाएनन्  । त्यसपछि राजिनामा दिएको हुँ ।”

पटक पटक तलब नपाएको जानकारी गराउँदा पनि मन्त्रालयले बेवास्ता गरेको गुनासो उनको थियो । प्रा.डा. अधिकारीले थपे, “मन्त्रालयका एक कर्मचारीले नेशनल मेडिकल कलेजको त फाइल पास भयो । तपाईँको पनि बढुवा हुन्छ तर पैसा खर्च गर्नुपर्छ भनेर जवाफ दिए  । मलाई चाकडी र घुसको रकम दिएर काम गर्न मन लागेन, अनि राजीनामा दिएँ ।

“वीर अस्पतालमा आएका चिकित्सक तथा कर्मचारीको २ देखि ३ वर्ष सबै बढुवा भएका छन्  र तलब पनि पाएका छन् तर मैलै एक वर्षदेखि बिनातलब काम गरिरहेको छु,” उनले बताए ।
चार पटकसम्म उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलाई भन्दा पनि आफ्नो समस्या समाधान गर्न उनले खासै चासो नदिएको गुनासो उनको छ ।

वीर अस्पताललाई बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा आफ्नो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु.ख दिएकोले राजीनामा दिनुपरेको उनले मन्त्रालयमा बुझाएको राजिनामा पत्रमा उल्लेख छ । “चाकडी र घुस समेत मागअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको हुँ,” उनले राजीनामा पत्रमा कारण देखाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाई भने फरक छ । उनकाअनुसार डा. अधिकारीलाई एक वर्ष अघि नौँ तहमा बढुवा गरी पोखरा सरुवा गरिएको थियो । तर उनी पोखरा गएनन् । त्यसपछि मन्त्रालयले उनलाई काजमा वीर अस्पतालमा राखेको थियो ।

“कानुन अनुसार पनि वीरमा नै राख्न नमिल्ने भएकाले केही दिन उता हाजिर गरेर आउँनु भनेर  मन्त्रीज्यूले पनि भनुभएको थियो । तर उहाँ जान मान्नुभएन,”  प्रवक्ता श्रेष्ठ भन्छन् “हामीले पनि ऐन विपरित काम गनुभएन् ।”

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...