News Portal

अमेरिकामा विमान र सेनाको हेलिकोप्टरबीच आकाशमै ठक्कर

अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ।

संगीता गुरुङ
२०६ पटक

वासिङ्टन – अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ। फेडरल एभिएशन एडमिनिस्ट्रेसन (FAA) ले घटनाबारे जानकारी दिएको छ।

दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको हो। दुर्घटनापछि तत्कालै उद्धार टोली परिचालन गरिएको छ, भने घटनास्थलमा एम्बुलेन्स र दमकल तैनाथ छन्।

FAA का अनुसार, विमानस्थलको रनवे ३३ तर्फ गइरहेको अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई दुर्घटनाबारे जानकारी गराइएको छ। उनले घटनाप्रति निकट ध्यान दिइरहेको बताएका छन्।

६० यात्रु र चार चालक दलका सदस्य सवार रहेको उक्त विमानको क्षति कति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ। हताहतबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...