News Portal

अछाममा किशोरी हत्या प्रकरण: छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग

सरस्वतीकी आमा तारादेवी खड्काले छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग गरेकी छिन्।

संगीता गुरुङ
२७६ पटक

माघ १७, अछाम – ढकारी गाउँपालिका–१ को जंगलमा शनिबार साँझ फुपू-भदै नाता पर्ने दुई किशोरीको शव फेला परेको थियो। मृतकहरू ढकारी गाउँपालिका–८ की १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनीहरू शुक्रबार बिहान ९ बजे बाख्रा चराउन जंगल गएका थिए। तर, शनिबार साँझ ७ बजे मृत अवस्थामा फेला परे। परिवारले उनीहरूको हत्या भएको दाबी गरेका छन्। सरस्वतीकी आमा तारादेवी खड्काले छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग गरेकी छिन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। शंकास्पद केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ भने मृतकका आफन्तको जाहेरीका आधारमा २० वर्षमुनिका दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

घटनाको गम्भीरता हेर्दै केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ। मृतक किशोरीहरूको शव सोमबार पोष्टमार्टम गरिएको छ, जसको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...