News Portal

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२६९ पटक

माघ १५, काठमाडौँ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ का ३१ वर्षीय विकास दवाडी, गोरखा शहिदलखन गाउँपालिका–७ का ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ की २४ वर्षीया विशाखा पौडेल रहेका छन्।

सुनिलले सर्विया पठाइदिन्छु भन्दै एक पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ लिएको, विकासले जापान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ ठगेको, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ९७ लाख ५४ हजार रुपैयाँ ठगी गरेको, र विशाखाले कुबेत पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ६० हजार रुपैयाँ लिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, सुनिल, विकास र विशाखालाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा अनुसन्धानका लागि पठाइएको छ भने सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...