News Portal

अछाममा दुई किशोरी मृत फेला: अनुसन्धानका लागि प्रहरी टोली खटियो

ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ।

संगीता गुरुङ
२४५ पटक

माघ १५, अछाम – ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का शनिबार बाख्रा चराउन गएका थिए। खोजीका क्रममा आइतबार उनीहरू मृत अवस्थामा भेटिएका थिए।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने सोधपुछपछि केहीलाई छोडिएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी भण्डारीले यो घटना हत्या हो वा दुर्घटना, भन्ने यकिन गर्न नसकिएको बताए। अनुसन्धानका लागि प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य भइरहेको छ।

भेरी प्रादेशिक अस्पतालमा मृतकहरूको शव परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। शव मंगलबार अछाम ल्याइनेछ। तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको छ भने मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै गहिरो छानबिनको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...