News Portal

अछाममा दुई किशोरी मृत फेला: अनुसन्धानका लागि प्रहरी टोली खटियो

ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ।

संगीता गुरुङ
२९६ पटक

माघ १५, अछाम – ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का शनिबार बाख्रा चराउन गएका थिए। खोजीका क्रममा आइतबार उनीहरू मृत अवस्थामा भेटिएका थिए।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने सोधपुछपछि केहीलाई छोडिएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी भण्डारीले यो घटना हत्या हो वा दुर्घटना, भन्ने यकिन गर्न नसकिएको बताए। अनुसन्धानका लागि प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग सहकार्य भइरहेको छ।

भेरी प्रादेशिक अस्पतालमा मृतकहरूको शव परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। शव मंगलबार अछाम ल्याइनेछ। तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको छ भने मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै गहिरो छानबिनको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...