News Portal

बाल दिवसमा दृष्टविहीनलाई न्यानो कपडा

हिमाली संचार संवाददाता
५७२ पटक

प्रविन शाही
(दूल्लु) दैलेख : अन्तराष्ट्रिय बाल दिवस मंगलबार विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईयो । त्यस्तै दैलेखको दुल्लु नगरपालीकाले पनि विश्व बाल दिवसको अबसर पारेर दृष्टविहीन बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

ने.रा.मा.वि. किर्तिखम्बका १४ जना दृष्टविहीन बालवालीकाहरुलाई दुल्लु नगरपालीकाका प्रसाशकिय अधिकृत तेजराज शर्मा र नगर कार्यवाहक अध्यक्ष लाल बहादुर रावतले विद्यालयका प्र.अ भुपाल विक्रम शाहलाई हस्तान्तरण गरी वितरण गरेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजराज शर्माले बालबालीकाका लागि महत्वपुर्ण कुरा भनेको पोषण हो यदि पोषणको राम्रो ख्याल गर्न नसके कुपोषण उत्पादित हुने गर्दछ । त्यसैले कुपोषणबाट बचाउन राम्रो पोषण, शिक्षा दिनु आवाश्यक भएको बताए ।

दृष्ट्रिविहीन बालबालीको सुरक्षा र दुल्लु नगरका केही विद्यालयको लागि भौतिक सुधार गर्नको लागि विभीन्न तवरणबाट दुल्लु नगर लागीरहेको कार्यक्रमका अध्यक्ष एवम दुल्लु नगरपालीकाका कार्यवाहक अध्यक्ष लाल बहादुर रावतले बताए ।

बालबालीकाका हरेक हक अधिकार अभिभावकले दिन निकै आवाश्यक हुन्छ । तव मात्र बालबालीकाहरु भविष्यमा सुःखी र समृद्ध नेपालीको झण्डा समयमै बोक्न सक्ने दुल्लु नगरका श्रोतव्यक्ती शिबराज खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...