News Portal

रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

संगीता गुरुङ
२३४ पटक

१४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई धरौटी माग्ने आदेश गरेको हो। आदेशमा सुप्रिम सहकारीबाट १० करोड ९९ लाख रूपैयाँ अपचलन भएको प्रमाण र गोर्खा मिडिया नेटवर्कमार्फत रवि लामिछानेले आर्थिक कारोबार गरेको विवरणलाई आधार मानेको छ।

संसदीय समितिको प्रतिवेदन, गोर्खा मिडियाका लेखा परीक्षण प्रतिवेदन र चेक हस्ताक्षरका प्रमाणले रविको संलग्नता पुष्टि हुने अदालतको ठहर छ। सहकारीका ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी अपचलन भएको र लामिछानेसहितका आरोपितहरूमाथि ५५ करोड ५९ लाख बिगो मागदाबी गरिएको छ।

रवि लामिछानेको सम्पत्ति रोक्का राख्नसमेत अदालतले आदेश दिएको छ। थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम धरौटीमा तारेखमा राख्न आदेश दिएको हो।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...