News Portal

  • अछाममा दुई किशोरीको शव जंगलमा फेला, वीभत्स घटनाबारे अनुसन्धान जारी

    अछामको ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    संगीता गुरुङ
    २०७ पटक

    माघ १३, अछाम – ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    शुक्रबार बिहान घरबाट बाख्रा चराउन निस्केका सरस्वती खड्का (१४) र ईश्वरी खड्का (१५) शनिबार साँझ ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

    स्थानीयका अनुसार दुवै किशोरी बाख्रा चराउन जंगल गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएपछि खोजीकार्य सुरु गरिएको थियो। खोजी गर्ने क्रममा शनिबार साँझ उनीहरूको शव जंगलमा भेटिएको हो।

    घटनाबारे खबर प्राप्त भएपछि प्रहरीको टोली राति ९ बजे घटनास्थल पुगेको थियो। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बलसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ।

    अछाम प्रहरीका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार दुवै जनाको शव पोष्टमर्टमका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ। उनले भने, “घटनाबारे हाल कुनै निष्कर्षमा पुगिएको छैन। अनुसन्धानमा कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग भइरहेको छ।”

    ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले घटनालाई वीभत्स भनेका छन्। “दुवै जनाको शवको अवस्था हेर्दा चिप्लेर लडेको जस्तो देखिँदैन। उनीहरूको शरीरमा चोटपटक देखिएको छ। लुगा च्यातिएको छ, र घटनास्थललाई नियाल्दा उनीहरूलाई अन्यत्रै हत्या गरेर यहाँ ल्याएको हुनसक्छ,” अध्यक्ष साउदले बताए।

    मृतक दुवै किशोरी कक्षा ८ मा अध्ययनरत थिए। उनीहरूका बुबा भारतमा छन्। गाउँपालिकाले घटनाबारे गम्भीर अनुसन्धान गर्न माग गरेको छ।

    पोष्टमर्टम रिपोर्टपछि घटनाको वास्तविकता बाहिर आउने आशा गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...