News Portal

अछाममा दुई किशोरीको शव जंगलमा फेला, वीभत्स घटनाबारे अनुसन्धान जारी

अछामको ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

संगीता गुरुङ
२६४ पटक

माघ १३, अछाम – ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

शुक्रबार बिहान घरबाट बाख्रा चराउन निस्केका सरस्वती खड्का (१४) र ईश्वरी खड्का (१५) शनिबार साँझ ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयका अनुसार दुवै किशोरी बाख्रा चराउन जंगल गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएपछि खोजीकार्य सुरु गरिएको थियो। खोजी गर्ने क्रममा शनिबार साँझ उनीहरूको शव जंगलमा भेटिएको हो।

घटनाबारे खबर प्राप्त भएपछि प्रहरीको टोली राति ९ बजे घटनास्थल पुगेको थियो। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बलसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ।

अछाम प्रहरीका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार दुवै जनाको शव पोष्टमर्टमका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ। उनले भने, “घटनाबारे हाल कुनै निष्कर्षमा पुगिएको छैन। अनुसन्धानमा कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग भइरहेको छ।”

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले घटनालाई वीभत्स भनेका छन्। “दुवै जनाको शवको अवस्था हेर्दा चिप्लेर लडेको जस्तो देखिँदैन। उनीहरूको शरीरमा चोटपटक देखिएको छ। लुगा च्यातिएको छ, र घटनास्थललाई नियाल्दा उनीहरूलाई अन्यत्रै हत्या गरेर यहाँ ल्याएको हुनसक्छ,” अध्यक्ष साउदले बताए।

मृतक दुवै किशोरी कक्षा ८ मा अध्ययनरत थिए। उनीहरूका बुबा भारतमा छन्। गाउँपालिकाले घटनाबारे गम्भीर अनुसन्धान गर्न माग गरेको छ।

पोष्टमर्टम रिपोर्टपछि घटनाको वास्तविकता बाहिर आउने आशा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...