News Portal

सैफ अली खानमाथि आक्रमण: अनुसन्धानमा नयाँ मोड

बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित निवासमा भएको चक्कु प्रहार प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ।

संगीता गुरुङ
६५७ पटक

माघ १३, नयाँ दिल्ली – बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित निवासमा भएको चक्कु प्रहार प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। घटनास्थलबाट संकलित १९ औँठाछापमध्ये कुनै पनि पक्राउ परेका बंगलादेशी नागरिक शरीफुल इस्लाम शाहजादका औँठाछापसँग मेल नखाएको सीआईडीको रिपोर्टले पुष्टि गरेको छ। यस घटनाले प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ। शाहजादका बुबाले यसअघि नै आफ्नो छोरालाई गलत आरोप लगाइएको दाबी गरेका थिए। अब प्रहरीले अपराधमा संलग्न वास्तविक व्यक्तिको पहिचान गर्न फेशियल रिकग्निशनलगायतका नयाँ प्रविधिको प्रयोग गरिरहेको छ।

सैफ अली खानमाथि आक्रमण हुँदा उनको घाँटी, हात र मेरुदण्डमा गम्भीर चोट लागेको थियो। तुरुन्तै अस्पताल भर्ना गरिएका उनलाई केही घण्टाको शल्यक्रियापछि जनवरी २१ मा डिस्चार्ज गरिएको छ, र हाल उनको स्वास्थ्यमा सुधार आइरहेको छ। प्रहरीले अनुसन्धानका लागि अपराधस्थलबाट संकलित नमुनाहरू पुनः सीआईडीलाई पठाएको छ। सीआईडीको नकारात्मक रिपोर्टले अनुसन्धानलाई अन्य दिशामा मोडेको छ भने वास्तविक दोषी पहिचानको लागि थप प्रमाण खोज्ने प्रयास जारी छ। यस घटनाले बलिउडमा सैफ अली खानका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ भने प्रहरीमाथि सही अपराधी पत्ता लगाउन दबाब बढेको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...