News Portal

अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

रबिन्द्र बराल
१७२ पटक

रंगेली – प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ। रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको सहकार्यमा श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे।

अन्तरक्रिया भए संगै अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई प्रहरीले न्यानो कपडा (कम्बल) तथा खाद्यान्न र सरसफाईका सामाग्रीहरु समेत बितरण गरिएको थियोे। उक्त कार्यक्रमकाे प्रमुख अथिति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी,एसपी नारायण प्रसाद चिमरिया,डिएसपी वेद प्रकास जाेशी, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्ताेष कुमार खड्का ,समाजसेवी जगदिश अग्रवाल, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि , विद्यालयका शिक्षक , विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, वुद्दिजीवि, समाजसेवी लगायतकाे समेत उपस्थिति रहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय रंगेलीकाे सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...