News Portal

  • तपाईंको राशिफल : वि.सं.२०७५ साल मंसिर ४ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर २० तारिख

    हिमाली संचार संवाददाता
    ७०७ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भोग-विलासमा समय व्यतीत हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सोखले फजुल खर्च गराउन सक्छ। तापनि दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। खाँचो टार्न सरसापट लिनुपर्ने हुन सक्छ। साँझतिर यात्राको प्रसंगमा केही खर्च हुन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। घर-परिवारमा असमझदारी बढे पनि मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ काममा जग बसाउने अवसर जुट्नेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। साँझतिर रोकिएका काम पनि सम्पादन हुनेछन्। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। साँझतिर नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्त हुनेछन्। आलस्यले पनि काममा बाधा पुर्याउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर स्थितिमा सुधार आउनुका साथै चिताएको काम बन्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। साँझतिर विश्वासपात्रबाट धोका हुनाले काम बिग्रन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने साँझतिर रोकिएका काम पनि सम्पादन हुनेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साथी

    कविता साथी “सुःखमा आउनेहरु मैले चाहेको दुःखमा आउनेहरू मलाई चाहेको मिठा तिता बचनहरू मैले खाएको...

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...