News Portal

रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद

सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद गरेको छ।

संगीता गुरुङ
३८९ पटक

माघ ११, रुपन्देही – सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म डण्डाको चेकप्वाइन्ट टोलीले बिहीबार चेकजाँचका क्रममा उक्त रकम फेला पारेको हो।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, डण्डा क्षेत्रबाट लु ९२ प ३५४६ नम्बरको स्कुटरमा सवार व्यक्तिबाट २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र १ हजार ५४० रुपैयाँ भारतीय रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त रकम भारतको महाराजगञ्ज, नौतनवा ग्रामपञ्चायत वडा नम्बर ४ का २३ वर्षीय अभिषेक अग्रहरीले आफ्नो शरीरमा लुकाएर ल्याएको अवस्थामा फेला परेको थियो।

सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी आनन्द थापा मगरका अनुसार नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको हो।

बरामद रकम, स्कुटर र पक्राउ परेका अभिषेक अग्रहरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको एसपी थापाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...