News Portal

सुप्रिम सहकारी मुद्दामा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू

सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ।

संगीता गुरुङ
२७० पटक

बुटवल, माघ १० – सुप्रिम सहकारी बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा बहस हुनेछ।

सरकारी वकिलहरूको बहसपछि सहकारी पीडित पक्षका वकिलले आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि लामिछानेको पक्षका वकिलहरूको पालो हुनेछ। थुनछेक बहसका लागि १२ जना भन्दा बढी सरकारी वकिलले बहस गर्ने तयारी गरेका छन्।

पीडित पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। उनीहरू रूपन्देहीमा उपस्थित भइसकेका छन्। यता, लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनका साथमा नारायण घिमिरे, सुशिल पन्त, र बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी लगायतका कानूनी व्यवसायी पनि रहनेछन्।

सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए। त्यस दिन दिउँसो २ बजे न्यायाधीश योगीले लामिछानेसँग बयान लिएका थिए। बयानपछि उनलाई बिहीबार बिहान १० बजे हाजिर हुने सर्तमा श्रीमती र वकिलको जिम्मा लगाएर छाडिएको थियो।

यो प्रकरणमा लामिछानेसहित १४ जना, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा दायर भएको छ। यसअघि कास्की र काठमाडौं अदालतले लामिछानेलाई क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गरेको थियो।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...