News Portal

गैरहाजिर भएका १५ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन, कारबाहीको चेतावनी

नेपाल प्रहरीले कार्यालयमा आफूखुसी गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन, समयभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावली अनुसार कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

संगीता गुरुङ
२०० पटक

माघ १०, काठमाडौं – नेपाल प्रहरीले कार्यालयमा आफूखुसी गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको हो।

सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

गैरहाजिर हुनेहरूमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबलदार धनबहादुर कार्की र चेतन महरा, साथै प्रहरी जवान कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन्।

त्यस्तै, असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि तुरुन्तै कार्यालयमा हाजिर हुन भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा नियम तोड्नेहरूमाथि कठोर कदम चालिने स्पष्ट चेतावनी दिइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...