News Portal

ठकुरी सहयोग संजाल बाँकेले गर्‍यो जाजरकोटको ऎतिहासिक दरबारको दृश्य अबलोकन

हिमाली संचार संवाददाता
१०९२ पटक

बाँके : ठकुरी सहयोग संजाल बाँकेद्वारा शैक्षिक परियोजना अन्तर्गत खेलिएको “देउसी भैलो” रकमबाट संकलन देउसी भैलो खर्च कटाई उक्त रकमको २५% र बाकी नपुग सम्पुर्ण रकम लगभग ( ३००००) तीस हजार जति संजाल बाकेका (संरक्षक ) उपाध्यक्ष देब बहादुर शाहीको सहयोगार्थमा २ दिने जाजरकोट शैक्षिक भ्रमण गरिएको छ।

ऎतिहासिक दरबारको दृश्य अबलोकन सम्पन्न भएको छ भने जाजरकोट ऎतिहासिक दरबार सरसफाइ, अबलोकन, स्थलगत भ्रमणको जानकारीका साथै भेटघाट कार्यक्रम जाजरकोटी ठकुरीहरू बीच भेटघाट तथा जाजरकोटी शाह वंशियको कुलदेवता बटुक भैरब मन्दिर अवोलकन तथा सरसफाई गर्नुका साथै प्रदेश न.५ को आयोजनामा प्रदेश प्रमुख संयोग जंग शाह र ठकुरी सहयोग संजाल बाँकेको सह-आयोजकमा अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा जाजरकोट जिल्लाका जिल्ला प्रमुख अधिकारी अतिथिमा, बिशिस्ट अतिथि भु. पु .खाध्य तथा आपूर्ति मन्त्री (शाह परिवारका जेष्ठ नागरिक) तेज बिक्रम शाह लगायत बिशिस्ट बुद्धिजीवी, नागरिक समाजका ठकुरी अगुवा लगाएत पत्रकारहरूको बाक्लो उपस्थितिका साथै जाजरकोटि शाहहरु बिच जि.स.स.जाजरकोटको सभा हलमा सम्पन्न भयो।

मुलुक को दोस्रो ठकुरी जनसंख्या भएको जिल्ला जाजरकोट थुप्परै एेतिहासिक, पर्यटकिय सम्भावना बोकेको नजिकको पहाडी जिल्ला भएको हुदा, बाँके जिल्लाका ठकुरीलाई शैक्षिक भ्रमण तथा भेटघाट कार्यक्रम गराईएको हो । मुलुकको नयाँ भौगोलिक संरचना अनुसार प्रदेश नं ६ ठकुरीहरूको बाक्लो उपस्तिथी र सँस्कृति, परम्परा र धर्मको मैलिकता महत्त्व बुझाउनुका साथै ठकुरी एकताको सन्देश मुख्य उद्देश्य रहेको प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...