News Portal

ग्रान्ड प्रिक्स दु कतारमा नेपाली फेन्सिङ खेलाडीहरूको सहभागिता

कतारको राजधानी दोहामा हुन लागेको ग्रान्ड प्रिक्स दु कतार फेन्सिङ प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी हुने भएका छन्।

हिमालीसंचार संवाददाता
६५४ पटक

माघ ९, काठमाडौँ – कतार फेन्सिङ फेडरेसनको आयोजनामा २०८१ माघ १० देखि १२ गतेसम्म (२०२५ जनवरी २४–२६) कतारको राजधानी दोहामा हुन लागेको ग्रान्ड प्रिक्स दु कतार फेन्सिङ प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी हुने भएका छन्।

बागमतीका खेलाडी भीष्मराज दाहाल (टार्जन) र नेपाल एपीएफका खेलाडी सागर थापा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै एफआईई वर्ल्ड र्‍याङ्किङ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

सागर थापा नेपालका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् र हाल एपीएफका सहायक प्रशिक्षक तथा खेलाडीका रूपमा कार्यरत छन्। सागर थापाको प्रशिक्षणमा नेपालले पहिलो पटक २०१४ मा दक्षिण कोरियामा आयोजित १४औं एसियाली खेलकुदमा सहभागिता जनाएको थियो, जुन नेपाली फेन्सिङ इतिहासको एसियन स्तरमा पहिलो सहभागिता थियो।

प्रतियोगितामा सहभागी खेलाडीहरूलाई आज मिति २०८१ माघ ८ का दिन नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ, र कोषाध्यक्ष अनुप कपालीले शुभकामना सहित विदाई गरे।

नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...