News Portal

ग्रान्ड प्रिक्स दु कतारमा नेपाली फेन्सिङ खेलाडीहरूको सहभागिता

कतारको राजधानी दोहामा हुन लागेको ग्रान्ड प्रिक्स दु कतार फेन्सिङ प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी हुने भएका छन्।

हिमालीसंचार संवाददाता
७४७ पटक

माघ ९, काठमाडौँ – कतार फेन्सिङ फेडरेसनको आयोजनामा २०८१ माघ १० देखि १२ गतेसम्म (२०२५ जनवरी २४–२६) कतारको राजधानी दोहामा हुन लागेको ग्रान्ड प्रिक्स दु कतार फेन्सिङ प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी हुने भएका छन्।

बागमतीका खेलाडी भीष्मराज दाहाल (टार्जन) र नेपाल एपीएफका खेलाडी सागर थापा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै एफआईई वर्ल्ड र्‍याङ्किङ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

सागर थापा नेपालका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् र हाल एपीएफका सहायक प्रशिक्षक तथा खेलाडीका रूपमा कार्यरत छन्। सागर थापाको प्रशिक्षणमा नेपालले पहिलो पटक २०१४ मा दक्षिण कोरियामा आयोजित १४औं एसियाली खेलकुदमा सहभागिता जनाएको थियो, जुन नेपाली फेन्सिङ इतिहासको एसियन स्तरमा पहिलो सहभागिता थियो।

प्रतियोगितामा सहभागी खेलाडीहरूलाई आज मिति २०८१ माघ ८ का दिन नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ, र कोषाध्यक्ष अनुप कपालीले शुभकामना सहित विदाई गरे।

नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना!

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...