News Portal

रवि लामिछाने सुप्रिम सहकारी मुद्दामा पुगे बुटवल

रवि लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल गएका हुन्।

संगीता गुरुङ
३२५ पटक

८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार बुटवल पुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत बुटवल पुगेका हुन्। लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल गएका हुन्।

रास्वपा स्रोतका अनुसार उनले बुधबार अदालतमा हाजिर हुनेछन्। यसअघि, पोखराको सूर्यदर्शन सहकारीमा अपचलनको मुद्दा खेपिरहेका लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका थिए।

धरौटीमा रिहा भएपछि, उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पनि आरोप लागेको थियो। सो मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान दिन पुग्दा उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए।

यसैबीच, रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। कास्कीमा अनुसन्धान भइरहेकै क्रममा बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

गत २७ कात्तिकमा लामिछानेले बुटवलस्थित सरकारी वकिल कार्यालयमा बयान दिएका थिए। अब यस प्रकरणमा अदालतको आगामी कारबाहीमा उनको उपस्थिति रहनेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...