News Portal

रवि लामिछाने सुप्रिम सहकारी मुद्दामा पुगे बुटवल

रवि लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल गएका हुन्।

संगीता गुरुङ
२४३ पटक

८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार बुटवल पुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत बुटवल पुगेका हुन्। लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल गएका हुन्।

रास्वपा स्रोतका अनुसार उनले बुधबार अदालतमा हाजिर हुनेछन्। यसअघि, पोखराको सूर्यदर्शन सहकारीमा अपचलनको मुद्दा खेपिरहेका लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका थिए।

धरौटीमा रिहा भएपछि, उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पनि आरोप लागेको थियो। सो मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान दिन पुग्दा उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए।

यसैबीच, रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। कास्कीमा अनुसन्धान भइरहेकै क्रममा बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

गत २७ कात्तिकमा लामिछानेले बुटवलस्थित सरकारी वकिल कार्यालयमा बयान दिएका थिए। अब यस प्रकरणमा अदालतको आगामी कारबाहीमा उनको उपस्थिति रहनेछ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...