News Portal

झापामा चार जना लागुऔषधसहित पक्राउ

झापामा चार जना लागुऔषधसहित पक्राउ परेका छन्।

संगीता गुरुङ
२३३ पटक

माघ ८, झापा – झापामा चार जना युवायुवतीलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई पुरुष र दुई महिला रहेका छन्।

सोमबार साँझ करिब सवा ६ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरी र अर्जुनधारा–८ का २५ वर्षीय सुमन राजवंशी छन्। मोटरसाइकल चालक गिरी र पछाडि सवार राजवंशीको साथबाट १० ग्राम १५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका दुई महिलालाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ। पाँचथरको फिदिम नगरपालिका–४ की १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बुको साथबाट १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...