News Portal

इनड्राइभका राइडरमाथि यौन उत्पीडनको आरोप, कम्पनीले प्लेटफर्मबाट हटायो

इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ।

संगीता गुरुङ
२५१ पटक

माघ ६, काठमाडौँ – इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ।

चितवनको मुग्लिन बजारबाट काठमाडौँ जाने क्रममा राइडरले एक महिलालाई ह्वाट्सएप मार्फत अस्वभाविक मेसेज गरेका थिए। महिलाले यो घटना माघ २ गते भएको भन्दै टिकटकमा भिडियो पोस्ट गरेकी छन्, जुन अहिले भाइरल बनेको छ।

महिलाले भनिन्, “म र मेरो १२ वर्षीय बच्चा थियौँ। राइडरले ‘एक घण्टा जति कहीँ बसौँ न’ भनेर मेसेज गर्‍यो।”

इनड्राइभकी निर्देशक रिता पोखरेलका अनुसार, राइडरलाई प्लेटफर्मबाट हटाइएको छ र कम्पनी पीडितलाई कानुनी प्रक्रियामा सहयोग गर्न तयार छ। यद्यपि, इलाका प्रहरी कार्यालय गजुरी, काठमाडौँ परिसर र साइबर ब्युरोमा कुनै उजुरी परेको छैन।

घटना सार्वजनिक भएसँगै राइड सेयरिङ सेवाहरूको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...