News Portal

फेस अफ स्मार्ट किड्स २०२४ को प्रतिस्पर्धा महाराजगंजकाे रोयल दरबाचर बैंक्वेटमा सम्पन्न

अमृता राई
५६३ पटक
२०८१ माघ ०६ गते

काठमाण्डौं। युथ कृयसन नेपालद्धारा आयोजित बालबालिका केन्द्रित “फेस अफ स्मार्ट किड्स २०२४” को अन्तिम प्रतिस्पर्धा राजधानीको महाराजगंजस्थित रोयल दरबाचर बैंक्वेटमा सम्पन्न भएको छ।

संघिय सभा सदस्य मिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मेलतर्फको “ मिस्टर फेस अफ स्मार्ट किड्स २०२४” को उपाधि गौरव लामा र फिमेल “ मिस फेस अफ स्मार्ट किड्स २०२४” को उपाधि प्राव्या रावलले जितेका छन्।

सोही प्रतियोगितामा श्रेयंश श्रेष्ठ र सम्पदा भुजेल फर्स्ट रनरअप, मायक लामा र सेली पूर्जा सेकेण्ड रनरअप घोषित भए। प्रतियोगितामा विजेता बन्दै उनीहरुले क्राउन, गिफ्ट हाम्पर आदी उपहार प्राप्त गर्नुका साथै अन्तराष्टिय प्रतियोगितामा भाग लिन पाउने भएका छन्। लजसको निमित्त अन्तराष्ट्रिय आयोजकद्धारा विजयी प्रतियोगीहरुलाई हवाई टिकटमा २५ हजार बराबरको सहुलियत उपलब्ध गराउने जनाईएको छ।

कार्यक्रममा अभिनेता सरोज खनाल मुख्य निर्णायकको भूमिकामा थिए भने ईन्टरनेशनल मोडल जोर्डन राजभण्डारी, मिसेस गुरुङ २०२४ की विजेता निलम गुरुङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे र कलाकार सस्मिता गिरी निर्णायकका रुपमा रहेका थिए।

अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास भएको आयोजक संस्थाका सिईओ रबि लामा तामाङको दाबी छ।

समाजमा बालबालिकाहरुलाई सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...