News Portal

मण्डली भू.पू. विद्यार्थी क्लबको १६ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न

मण्डली भू.पू. विद्यार्थी क्लबको १६ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन शनिबार तारकेश्वर-६, जरंखुस्थित साझा पार्टी प्यालेसमा सम्पन्न भएको छ।

संगीता गुरुङ
६४७ पटक

काठमाडौँ, माघ ५ – मण्डली भू.पू. विद्यार्थी क्लबको १६ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम सञ्चालक महासचिव सुदिप नेपालद्वारा शनिबार तारकेश्वर-६, जरंखुस्थित साझा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रम श्रीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिकारीको नेतृत्वमा क्लबले उल्लेखनीय सामाजिक कार्य गरेकोमा वक्ताहरूले प्रशंसा व्यक्त गरे।

कार्यक्रमको उद्घाटन राष्ट्रियगान, मौन-धारण र प्रमुख अतिथिबाट बत्ती बालेर गरिएको थियो। स्वागत मन्तव्य  मीन बहादुर बानियाँले दिएका थिए। गगा  जमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा तथा उपाध्यक्ष रामेश्वर सिम्खडा जिविस प्रमुख नवराज अधिकारी धादिड जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी तथा  मण्डली माविका पूर्व प्रधानाध्यापक ध्रुव बानियाँ  मण्डली माविका सह-प्राध्यापक अर्जुन प्रसाद नेपाल, फुलखर्क कल्याणकारी समाजका अध्यक्ष भिष्मराज नेपाल, र संस्थाका पूर्व-अध्यक्ष ऋषि प्रसाद नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो। यस कार्यक्रमको विशेष अतिथिको रुपमा भक्त लामा ज्यू रहनु भएको थियो।

“आधा शताब्दी” पुस्तकका लेखक तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा, भू.पू. विद्यार्थी तथा NMA का वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, र ग्यास बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष चन्द्र थापाले पनि मन्तव्य राख्दै क्लबलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

वरिष्ठ पर्यटन व्यवसायी ज्वती अधिकारीले गाउँ र विद्यालयहरू रित्तिँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यो अवस्था रोक्न तत्काल उपाय खोज्नुपर्ने धारणा राखेका थिए। गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले विकासका कामहरू द्रुत गतिमा भइरहे पनि विद्यालयहरूमा विद्यार्थीको घट्दो संख्याले अन्योलता बढेको उल्लेख गरे।

ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले सरकारी विद्यालयहरूको गुणस्तरप्रति ध्यान दिनुपर्नेमा जोड दिँदै सिपमूलक र उत्पादनमुखी शिक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्य सेवा सुधार बिना गाउँहरू खाली हुने अवस्थाले देशको समृद्धिमा अवरोध ल्याउने चेतावनी दिए।

नवौं अधिवेशनले भूपेन्द्र अधिकारीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। वरिष्ट उपाध्यक्षमा शान्त कुमार बानियाँ, उपाध्यक्षमा रुक्मिणा केसी र सुपिद नेपाल, महासचिवमा दीपेन्द्र सिंखडा, सचिवमा शरण कार्की, कोषाध्यक्षमा गीता सिंखडा, र सदस्यहरूमा राम कुमार अधिकारी, सानी सिंखडा दाहाल, र रुपा देवी अधिकारी निर्वाचित भएका छन्।

४ जना सदस्य मनोनीत गर्ने सहित जम्मा १५ जना पदाधिकारी रहने गरी कार्यसमिति चयन गरियो र उक्त कार्यक्रमबाट नयाँ बन्नु भएको आजिवान सदस्यलाई प्रमाण पत्र दिने कार्यको साथै क्लव लाई बिभिन्न स्वरूपमा सहयोग पुराउनु हुने श्री अंशु थापा , श्री राम प्रशाद सापकोटा र देश कुमार श्रेष्ठलाई ससम्मान पत्र प्रदान गरि कार्यक्रम सम्पन्न भयो।

अन्त्यमा नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरी कार्यक्रमका सभापति त्यस संस्थाका अध्यक्ष श्रीराम अधिकारीको सभापतित्वमा अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरियो।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...