हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चारजना बेपत्ता भएका छन् ।
हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन गरिएको प्रकोप प्रभावित प्रान्त होआका सरकारी अधिकारीले जानकारी दिएका छन् ।
भीषण वर्षापछि आएको ‘टोराजी’ नामक आँधीसहित पहिरोमा परी कैयौं भवन ध्वस्त भएको र गाउँनै डुबानमा परेको बताइएको छ ।
भियतनाममा हरेक वर्ष बाढी र पहिरोमा परी सयौं व्यक्तिको मृत्यु हुने गरेको छ । –एएफपी