News Portal

मकवानपुरमा गाँजासहित एक व्यक्ति पक्राउ

कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।

संगीता गुरुङ
२९९ पटक

माघ ३, मकवानपुर – कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।

मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।

चेकजाँचको क्रममा गाडीमा खाली क्रेटले छोपेर लुकाइएको १११ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ। गाँजा बरामद भएपछि पिकअप गाडीका चालक स्याङ्बोलाई नियन्त्रणमा लिइएको छ।

उनीविरुद्ध लागुऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...